भौगोलिक अवस्था

भौगोलिक अवस्थाः पश्चिम नेपालको लुम्बिनी अञ्चल अर्घाखाँची जिल्लाको -गोरुसिगे-सन्धिरवर्क)सडकको ४७ कि.मी. दुरीमा महाभारत प्रर्वत श्रृखलाको ठूला ठूला पहाडको खोचमा अवस्थित प्राचिन शैलीबाट निर्मित मन्दिर प्रसिद्ध धार्मिक तीर्थ स्थल सुपा देउराली मन्दिर अवस्थित छ । प्राकृतिक रमणिय एंव सौन्र्दय स्थानमा अवस्थित यस मन्दिरमा मनोकाँक्षा पुरा हुने भएकाले यसको महत्व दिन प्रतिदिन बढदै गएको कुरा त्यहाँ आउने भक्तजनहरुको भिडले देख्न सकिन्छ।

यस प्रसिद्ध धार्मिक शक्तिपीठको स्थापना कहिले कसरी भयो भन्ने सन्दर्भमा विभिन्न जनश्रुति किम्वदन्तीका आधार र पहरामा लाहुरे टासिएको, भगवान रामकी पत्नी सीताले बनाएको चुलो, जातो, आदीका सीलाहरुबाट त्रतोयुग देखि नै त्यहा शक्ति थियो भन्ने मान्न सकिन्छ । पछि आएर बाइसे चौविसे राज्यका पालामा खाँचीकोट राज्यका राजकुमारी र भारतको वलराम पुरकी राजकुमार विच विवाह गरि घर तर्फ ल्याउदा बाटोमा केहि कुरा ढाट छल गरि विवाह गरेको हल्ला दुलीहीले सुनिन । डोलिमा बोकेर ल्याएकी दुलही हालको सो मन्दिर भएको स्थान भन्दा करिब ५० मीटर दक्षिणमा आउदा रगतको थोपा झरेछ अनि सुपा देउराली मन्दिरमा आइ डोलीमा हेर्दा राजकुमारी दुलही मृत अवस्थामा थिइन । त्यस पछि खाँचीकोट राज्यमा विभिन्न रोग व्याधी महामारी फैलियो पछि एकजना खनाल थरका जैसी आइ धामि ‌‍‌(धाक्रि) कवोल गर्दा त्यहा दैवि शक्ति उत्पति भई (कालो पाठी) बलि दिनु पर्छ भनि त्यसै समय देखि त्यस राज्यका राजा ठकुरी (शाह) राजाका रजौटा खडका, कब्दार र नेवार थरका समुदायले कुल पुजा गर्दै हालसम्म आएको पाइन्छ भने आफ्नो मनकामना पुरा होस भनि भाकल गर्ने विभिन्न जिन्सी सुन, धजा, वस्त्र, रातो फुल, माला चढाउने र पाठा पाठीको वलिपुजा दिने र परेवा उडाइ दिने व्यापक प्रचलन छ ।More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>