परिचय

भौगोलिक अवस्थाः पश्चिम नेपालको लुम्बिनी अञ्चल अर्घाखाँची जिल्लाको -गोरुसिगे-सन्धिरवर्क)सडकको ४७ कि.मी. दुरीमा महाभारत प्रर्वत श्रृखलाको ठूला ठूला पहाडको खोचमा अवस्थित प्राचिन शैलीबाट निर्मित मन्दिर प्रसिद्ध धार्मिक तीर्थ स्थल सुपा देउराली मन्दिर अवस्थित छ । प्राकृतिक रमणिय एंव सौन्र्दय स्थानमा अवस्थित यस मन्दिरमा मनोकाँक्षा पुरा हुने भएकाले यसको महत्व दिन प्रतिदिन बढदै गएको कुरा त्यहाँ आउने भक्तजनहरुको भिडले देख्न सकिन्छ

यस प्रसिद्ध धार्मिक शक्तिपीठको स्थापना कहिले कसरी भयो भन्ने सन्दर्भमा विभिन्न जनश्रुति किम्वदन्तीका आधार र पहरामा लाहुरे टासिएको, भगवान रामकी पत्नी सीताले बनाएको चुलो, जातो, आदीका सीलाहरुबाट त्रतोयुग देखि नै त्यहा शक्ति थियो भन्ने मान्न सकिन्छ । पछि आएर बाइसे चौविसे राज्यका पालामा खाँचीकोट राज्यका राजकुमारी र भारतको वलराम पुरकी राजकुमार विच विवाह गरि घर तर्फ ल्याउदा बाटोमा केहि कुरा ढाट छल गरि विवाह गरेको हल्ला दुलीहीले सुनिन । डोलिमा बोकेर ल्याएकी दुलही हालको सो मन्दिर भएको स्थान भन्दा करिब ५० मीटर दक्षिणमा आउदा रगतको थोपा झरेछ अनि सुपा देउराली मन्दिरमा आइ डोलीमा हेर्दा राजकुमारी दुलही मृत अवस्थामा थिइन । त्यस पछि खाँचीकोट राज्यमा विभिन्न रोग व्याधी महामारी फैलियो पछि एकजना खनाल थरका जैसी आइ धामि ‌‍‌(धाक्रि) कवोल गर्दा त्यहा दैवि शक्ति उत्पति भई (कालो पाठी) बलि दिनु पर्छ भनि त्यसै समय देखि त्यस राज्यका राजा ठकुरी (शाह) राजाका रजौटा खडका, कब्दार र नेवार थरका समुदायले कुल पुजा गर्दै हालसम्म आएको पाइन्छ भने आफ्नो मनकामना पुरा होस भनि भाकल गर्ने विभिन्न जिन्सी सुन, धजा, वस्त्र, रातो फुल, माला चढाउने र पाठा पाठीको वलिपुजा दिने र परेवा उडाइ दिने व्यापक प्रचलन छ ।

मन्दिरको पुनर्निर्माण र बढदो विश्वास को कारण आजभोली दैनिक सयौ जोडी परेवा उडाउने,३०/४० वटा पाठापाठी को बलिदिने,हजारौं भक्तजनहरुले दर्शन गर्दे आएको मन्दिरको अभिलेखको तथ्यांकले देखाउछ ।

मन्दिरमा आउने भक्तजनहरुवाट चढेको भेटी दानदातव्यबाट हुने आम्दानीबाट खाँचीकोट गा.वि.स.को  आदर्श मा. वि.को निजी श्रोतबाट तलब भत्ता खुवाउने र सितापुर गा.वि.स.को शान्ति नि मा.वि. विधालय संचालन हुनुका साथै गाँउमा बाटो, विजुली, खानेपानी, दैविप्रकोप राहात, असाहयका लागी आर्थिक सहयोग, औषधी उपचारका साथै मानवसेवा तथा कल्याणकारी काममा खर्च हुदै आएको छ ।
सुपादेउराली मन्दिर संरक्षण समितिको नामबाट संस्था दर्ता भै विधान बमोजिम विभिन्न कामका लागि निम्नानुसारका दस्तुर कायम गरिएको छ ।

२०६९/७० को लागि
    ग्रहशान्ति -        १५५/-
    रुद्रिपुजा-        २५५/-
    शुभविवाह -        २५५/-
    लक्ष वर्तिक -        ५०५/-  वत्ति आफुले लाउनुपर्छ
    जोडी परेवा -        ३०/-
यसका साथै श्रदालु भक्तजनहरुले आफुले अर्पण गर्न  चाहेका जिन्सी नगदको अभिलेख सदाका लागि रहने व्यवस्था गरिएको छ भने नेपालको कानुनले वर्जित गरेका औसी, एकादशी, कृष्ण जन्माष्टमी, श्रीपंचमी महाशिवारात्री, अष्ठ तृतिया, रामनवमी, आदी दिनहरुमा वलिपुजा निषेध गरिएको छ । तर पंरपरा देखि बैशाख शुल्क पुणिर्माका दिन कुल पुजा हुने भएकोले बलि चढाउने गरिएको छ ।

यस मन्दिरमा सितापुर गा.वि.स. वडा नं. ७ र ६ का खनाल थरका ब्रामणहरु मुल पुजारी रही आएका छन । दैनिक व्यवस्थापक -२ पुजारी -२ सहयोगी-१ जना गरि जम्मा ५ जना दैनिक कामकाजमा खटिइएका हुन्छन करिव २२ जना खनालहरु पालै पालो गरि जाने व्यवस्था छ । अर्घाखाँची जिल्ला वल्केाट गा.वि.स. वडा नं. १ निवासी बावुराम रायमाझिले २०४० सालमा यस सुसुपादेउराली मन्दिरको पुन. निर्माण गरि दैनिक रुपमा पुजा आजा तथा व्यवस्थापन समितिको गठन गरि संरक्षण गरिदै आएकोमा वि.स. २०६४ सालमा काठमाडौं मातातीर्थ स्थित नरनारायण वावा आश्रम सेवा संस्था वाट एक सझौता गरि हालको मन्दिर निर्माण कार्य भएको हो उक्त  मन्दिर निर्माणको लागी ९ महिना १४ दिनमा सबै काम करिव १ करोड २५ लाखको लागतमा सम्पन्न भएको थियो २०६४ साल मसिंर ८ गते कुण्माण्ड नवमीको दिन विधीवत प्रारम्भ भई २०६९ साल भाद्र २३ गतेका दिन वृहत धार्मिक शोभा यात्रा सहित परम पूजनीय गुरु श्री नरनारायण बावा वाट बैदिक विधी अनुसार मूर्ति प्राण प्रतिस्थापन गरिएको थियो ।
यस मन्दिरबाट खाँचीकोट स्थित आर्दश मा. वि.को  निजि श्रोत शिक्षकका लागि मासिक रु ५७,५००/- सितापुर स्थित शान्ति नि.मा. वि. का लागि २१,५००/- मासिक खर्च हुने गरेको छ । त्यसै गरि मन्दिर सरसफाइ र संरक्षणको लागी मासिक रु १३०००/- खर्च हुने गरिको छ । मन्दिरको कुल आम्दानीको २५% ले हुने आउने रकम मन्दिर संरक्षण सरसफाइ तथा व्यवस्थापन कार्यमा लगानी गरिदै आएको छ । अरु  ७५% को रकमबाट ग्रामिण विकास, शिक्षा स्वास्थ्य खानेपानी बाटो बिधुत, दैवी प्रकोप तथा मानव कल्याण कारी कार्यमा खर्च गरिदै आएको छ ।मन्दिरमा शौचालय निर्माण कार्य सम्पन्न भएको र खानेपानी व्यवस्थापन तथा पिकनीक स्पोटको निर्माण कार्य गर्न जरुरी भएकोले इच्छुक श्रदालु भक्त जनहरुबाट सहयोगको लागि अपेक्षा राख्दछौ ।